नेपाली क्रिकेट टिमलाई ठूलो खुसीको खबर!

काठमाण्डु।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले र बंगलादेश ‘ए’ बीच एकदिवसीय क्रिकेट सिरिज खेलाउने प्रस्ताव गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेश क्रिकेट बोर्डलाई एकदिवसीय सिरिज खेल्नका लागि प्रस्ताव पठाएको हो।

क्यानका कार्यवहाक सचिव प्रशान्त मल्लका अनुसार कीर्तिपुरस्थित त्रिवि मैदानमा एकदिवसीय सिरिज खेल्ने प्रस्ताव गरिएको बताए। तर सिरिज खेल्ने पक्का भने भइसकेको छैन। यसअघि असोज ८ देखि गर्ने भनिएको नेपाल टी-२० लिग तयारी नपुगेपछि स्थगित गरिएको थियो। जसका कारण क्यानले बंगलादेश ‘ए’ टिमसँग सिरिज खेलाउने प्रस्ताव गरिएको हो।

क्यानले कात्तिक दोस्रो सातादेखि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता आयोजना गर्दैछ। त्यस अघि नै बंगलादेशसँग सिरिज गर्नका लागि क्यानले तयारी गरिरहेको छ।यसअघि नेपालले केही महिनाअघि जिम्बावे ‘ए’ सँग पनि सिरिज खेलेको थियो।

नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्ने भनिएको फ्रेन्चाइज नेपाल टी २० लिग क्रिकेट डिसेम्बरसम्मलाई सरेपछि नयाँ विकल्पको रुपमा प्रतियोगिता अघि ल्याएको छ ।विगतमा पुस/माघमा राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कार्तिकमै आयोजना गर्न लागिएको हो ।

बजेटको तेस्रो तथा चौथो चौमासिकमा खर्च गर्ने गरि व्यवस्था गरिएको प्रतियोगिता यो पटक भने दोस्रो चौमासिकमा सारिएको हो ।असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ ।यो प्रतियोगिता र विगतमा गर्ने भनिएको नेपाल टी २० लिगको समय जुधेकाले भदौ २३ गतेदेखि नै नवौं अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भइसकेको छ ।

लगातारको वर्षाले प्रभावित भएको खेलमा बल्ल तल्ल स्वर्ण पदकको छिनोफानो भएको हो । जसमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको हो । चुनावको कारण देखाउँदै गृहमन्त्रालयले क्यानलाई पत्र लेखि प्रतियोगिता डिसेम्बरसम्म सार्न अनुुरोध गरेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

सीपीएलमा खेलको बिचमा हरायो बल, खेलाडी खोज्दा खोज्दा हैरान(हेर्नुहोस भाइरल भिडियो)

Sat Sep 24 , 2022
काठमाडौँ । क्रिकेट म्याचको क्रममा यस्ता धेरै घटना घट्छन् जसले हास्न मजबुर बनाउछ । यस्तै एउटा घटना सीपीएलको एक खेलमा घटेको छ, जसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियो सीपीएलले आफ्नो आधिकारिक ट्विटर पेजमा शेयर गरेको छ । यदि तपाइँ दौडिरहेको खेलको समयमा तपाइँको चाबी हराउनुहुन्छ […]

You May Like

error: