काठमाडौँ ।
क्रिकेट म्याचको क्रममा यस्ता धेरै घटना घट्छन् जसले हास्न मजबुर बनाउछ । यस्तै एउटा घटना सीपीएलको एक खेलमा घटेको छ, जसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियो सीपीएलले आफ्नो आधिकारिक ट्विटर पेजमा शेयर गरेको छ ।
यदि तपाइँ दौडिरहेको खेलको समयमा तपाइँको चाबी हराउनुहुन्छ भने के हुन्छ? सीपीएलको खेलमा पनि यस्तै भयो । यद्यपि यहाँ कसैको चाबी हराएको त हैन, तर भिडियोसँगै क्याप्सनमा चाबी उल्लेख गरिएको छ।
वास्तवमा सीपीएलमा गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया किंग्सबीच खेल भइरहेको थियो । सेन्ट लुसियाका लागि रोस्टन चेस र रोशन प्रिमसले ब्याटिङ गरिरहेका थिए । यस क्रममा १८ औं ओभरमा ओडियन स्मिथ बलिङ गर्न आए । ओभरको अन्तिम बलमा ब्याट्सम्यानले बाउन्ड्री प्रहार गरे र बल बाउन्ड्री पार गयो ।
त्यसपछि एउटा यस्तो घटना भयो जसको अहिले मानिसहरूले खिल्ली उडाइरहेका छन् । बल बाउन्ड्री पार गर्दा कतै हरायो । यस्तो अवस्थामा वारियर्सका फिल्डर शकिब अल हसन बल खोज्ने कोसिस गरिरहेको देखियो । उनले बाउन्ड्री डोरी सहित जताततै खोजे तर बल कतै भेटिएन ।
सीपीएलले यो सम्पूर्ण घटनाको भिडियो आफ्नो ट्विटर एकाउन्टमा सेयर गर्दै लेखेको छ,”जब तपाईं आफ्नो चाबी हराउनुहुन्छ।” हेर्नुहोस रमाइलो भिडियो :
When you lose your keys 😂 #CPL22 #CricketPlayedLouder #BiggestPartyInSport @Sah75official pic.twitter.com/HItUIamqZ1
— CPL T20 (@CPL) September 23, 2022
खेलको बारेमा कुरा गर्दा, सेन्ट लुसिया किंग्सका कप्तान फाफ डु प्लेसिसले यस खेलमा शतक प्रहार गरे तर पनि उनको टोलीले हार बेहोरेको छ । सेन्ट लुसिया किंग्सले टस जितेर ब्याटिङ रोजेको थियो र २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । जवाफमा गुयाना अमेजन वारियर्सले शाई होपको अविजित ५९ रनको सहयोगमा १९.२ ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो ।