भारत र अष्ट्रेलियाबीचको खेलको लगातार समय परिवर्तन, टस समेत हुन सकेन !

काठमाडौँ ।

भारत र अष्ट्रेलियाबीचको दोस्रो टी–२० खेलमा लगातार ढिलाइ भइरहेको छ । वर्षापछि भिजेको मैदानका कारण खेल सुरु हुन सकेन । खेल साँझ ७:१५ बजे सुरु हुने भनिएपनि हुन सकेको छैन । अम्पायरहरूले पटकपटक निरीक्षण गरे तर टससमेत भएन।

खेलमा भारतीय समय अनुसार साँझ ६.३० बजे टस हुने थियो । भिजेको मैदानका कारण टस सम्म हुन् सकेन । त्यसपछि ७ बजे मैदानको निरीक्षण गर्न भनिएको थियो । यसपटक पनि स्थितिमा कुनै परिवर्तन आएको थिएन। यहाँबाट फेरि ८ बजेको समय तोकियो ।

फेरि अम्पायरहरूले निरीक्षण गरे तर आउटफिल्ड सुक्खा थिएन। त्यसपछि फेरि निरीक्षणको समय थपिएको छ । यस पटक समय ०९:०० मा तोकिएको थियो। यसपटक भने खेलको समयलाई सारेर ०९:४५ बनाइएको छ र ओभरमा कटौती गर्दै खेल ८/८ ओभरको हुनेछ। टसभने ०९:३० मा हुनेछ।

यति धेरै निरीक्षण पछि, खेलको समय बर्बाद भएको छ। केही घण्टासम्म पानी परे पनि जमिन सुक्न सकेको छैन । अहिलेसम्म खेलको टस हुन सकेको छैन । भारतीय टोली तीन टी–२० म्याचको सिरिजमा पछाडी छ । पहिलो खेलमा ठूलो लक्ष्य पछ्याउँदै अस्ट्रेलिया विजयी भएको थियो । अस्ट्रेलियाको टोली अहिले १–० ले अगाडि छ ।

भारतीय टोलीका लागि अब दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल गर या मरको स्थिति बनेको छ । यदि भारतीय टोलीले शृङ्खलामा रहन चाहेमा अष्ट्रेलियालाई नागपुरमा कुनै पनि हालतमा हराउनुपर्छ । अर्कोतर्फ आरोन फिन्चको नेतृत्वमा रहेको अष्ट्रेलियाको टोलीले सिरिज जित्ने प्रयास गर्नेछ ।

यो हुन सक्छ अष्ट्रेलिया विरुद्धको दोस्रो टि-२० खेलमा भारतको प्लेइङ इलेवन: रोहित शर्मा (कप्तान),केएल राहुल,विराट कोहली,सुर्यकुमार यादव,हार्दिक पाण्डेय,दिनेश कार्तिक (विकेटकिपर),अक्षर पटेल,आर अश्विन,हर्षल पटेल,भुवनेश्वर कुमार,जसप्रित बुमराह

सम्बाददाता

Leave a Reply

Next Post

भारतले टस जितेर पहिले बलिंग गर्ने, टिम-११ मा २ ठुलो परिवर्तन

Fri Sep 23 , 2022
काठमाडौँ । भारत र अस्ट्रेलियाबीचको तीन टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल आज नागपुरमा हुँदैछ । भारतीय टोलीका लागि यो खेल गर या मरको अवस्था हो । अष्ट्रेलियाले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल चार विकेटले जितेको छ । शुक्रबार अष्ट्रेलियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय टोलीका कप्तान रोहित शर्माले टस जितेर पहिले […]

You May Like

error: