काठमाडौँ ।
अष्ट्रेलियासँगको टी–२० सिरिजको पहिलो खेलमा भारत चार विकेटले पराजित भएको थियो । कप्तान रोहितले यस पराजयमा बलरको कमजोर प्रदर्शनलाई दोष दिएका छन् । विशेषगरी अन्तिम ओभरमा भुवनेश्वर कुमार र हर्षल पटेलले जसरी बलिङ गरे, त्यसकै कारण भारतले हार बेहोर्नुपरेको थियो ।
पछिल्लो चार खेलमा भुवनेश्वरलाई भारतको हारको जिम्मेवारी दिइएको यो तेस्रो पटक हो । भुवनेश्वर कुमारले एसिया कपदेखि नै डेथ ओभरमा निराश बानाएका छन् । टोलीका सबैभन्दा अनुभवी बलरको यही प्रदर्शन भारतको हारको कारण बनिरहेको छ ।
भुवनेश्वर र हर्षलको खराब प्रदर्शनपछि डेथ ओभरमा अर्शदीप सिंह र जसप्रित बुमराह भारतको एकमात्र आशा हुन्, तर दुवैले अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा खेलेका थिएनन्। भारतले यो जोडीलाई दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा प्रयास गर्नुपर्नेछ, तब मात्रै टोली भारतले विश्वकप जित्ने सपना देख्न सक्छ।
सुपर फोरमा पाकिस्तानविरुद्धको खेलमा भुवनेश्वरले १९ औं ओभर गरे र १९ रन दिए । जसका कारण टीम इन्डियाले हार बेहोर्नुपरेको थियो । अर्शदीपले अन्तिम ओभरमा राम्रो बलिङ गरे ।
अर्को खेलमा भारतले श्रीलंकाको सामना गर्यो र यस खेलमा पनि भुवनेश्वरले १९ औं ओभरमा १४ रन दिए । जसका कारण टीम इन्डियाले हार बेहोर्नुपरेको थियो । अफगानिस्तान विरुद्धको खेलमा भुवनेश्वरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिएका थिए तर यस खेलमा उनले सुरुमै आफ्ना सबै ओभरहरू लिएका थिए। पुरानो बलका कारण उनले यो खेलमा एक ओभर बलिङ गरेनन् ।
अब अष्ट्रेलियाविरुद्ध उनले पुरानो बलमा दुई ओभर बलिङ गरे र कुल ३१ रन दिए। उनले १७ औं ओभरमा १५ रन र १९ औं ओभरमा १६ रन दिए । जसका कारण भारतले पराजय भोग्नुपरेको थियो ।
यो हुन सक्छ अष्ट्रेलिया विरुद्धको दोस्रो टि-२० खेलमा भारतको प्लेइङ इलेवन: रोहित शर्मा (कप्तान),केएल राहुल,विराट कोहली,सुर्यकुमार यादव,हार्दिक पाण्डेय,दिनेश कार्तिक (विकेटकिपर),अक्षर पटेल,आर अश्विन,हर्षल पटेल,भुवनेश्वर कुमार,जसप्रित बुमराह