दर्शनको टिमले जित्यो अर्को ठूलो उपाधि,दर्शन र सन्तोषले पाए ठूलो अवार्ड

काठमाडौं।

अष्टे्लीयाको राजधानी क्यानवेरामा “क्यानवेरा नेप्लिज फुटबल क्लबको आयोजनामा ” चौथो S&S र Right & Associates नेपाल एम्बासी कप २०२२” क्यानवेराको अष्ट्रेलीयन इंस्टीट्यूट अफ स्पोर्ट्स (AIS) को फुटबल मैदानमा १७ सेप्टेम्वरमा सम्पन्न भएको थियो ।

उक्त फुटबल खेलमा युनाईटेड फुटवल क्लवले सेन्ट जर्ज नेपाली फुटवल क्लवलाई हराउँदै प्रतियोगितामा जीत हासिल गरेको थियो।विजय हासिल गर्ने क्लवले नगद अष्ट्रेलियन डलर ४५०० सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ।विजय टिमले ५ लाख ७५ हजार नेपाली रुपया भन्दा धेरै नगद पुरस्कार पाएको छ।

उपविजेता सेन्ट जर्ज नेपाली फुटवल क्लवले नगद अष्ट्रेलियन डलर २००० सहित शिल्ड तथा मेडल प्राप्त गरेको थियो।२००० अष्ट्रेलियन डलर अर्थात २ लाख ५५ हजार नेपाली रुपैयाँ पाएको छ।युनाईटेड फुटवल क्लवले सेन्ट जर्ज नेपाली फुटवल क्लवलाई २-० गोलले हराएको थियो।फेयर प्ले टिम भने खुकुरी एफसी हुन सफल भएको थियो।

लिग कम नकआउटको आधारमा खेलीएको एकदिवसीय प्रतियोगिता अवधिभरका आधारमा उत्कृष्ट डिफेन्डर सेन्ट जर्ज नेपाली क्लबका शिव गिरी घोषित भए भने उत्कृष्ट मिडफिल्डरमा युनाइटेड एफसी मेलबर्नका सन्तोष तामाङ बन्न सफल भए।

त्यस्तै उत्कृष्ट किपरमा युएफसीबाट विवेक अधिकारी, सर्वोउत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडी युएफसीबाट दर्शन गुरुङ घोषित गरिएका थिए।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि अष्ट्रेलिया स्थित नेपाली राजदुताबासबाट कैलास राज पोखरेल हुनुहुन्थ्यो भने अध्यक्षता आयोजक क्लबका अध्यक्ष सुरज पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्व अध्यक्ष आशिष सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम अवधिभर स्वयंसेवक भुमिका क्लवका चुडामनी सापकोटा, सुलभ पोख्रेल, नवीन दाहाल, भविन्द्र तिलिजा लगायतका समुदायका सदस्यहरुले निर्वाह गर्नुभएको थियो।कार्यक्रमको अन्य व्यवस्थापनको भूमिका क्लबका सचिव प्रधुम्न दाहाल गर्नुभ‌एको थियो।

अस्ट्रेलिया पुगेका सन्तोष र दर्शन गुरुङ  पछिल्लो समय राष्ट्रिय टिममा थिए। जसमा दर्शनले पछिल्लो पटक नेपालका लागि गोल समेत गरेका थिए।दर्शनले गत महिना एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतविरूद्ध गोल गरेका थिए।दुई वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका इलामका दर्शनले कुवेतविरूद्ध दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्न सफल भएका थिए।

डिबक्सभित्रबाट उत्कृष्ट गोल गरेसँगै नेपालले कुवेतविरूद्ध ४० वर्षपछि गोल गर्न सफल भएको थियो। अघिल्लो सिजन उनले एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।यता डिफेन्डर नवीन गुरुङले गत वर्ष दशरथ रंगशालामा मरिससविरूद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।नवीनले गत सिजन एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।

यता चार वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका सन्तोष तामाङ आर्मीका प्रभावशाली मिडफिल्डर हुन्। पछिल्लो समय आर्मीको मुख्य खेलाडी बनेका सन्तोषले राष्ट्रिय टिमबाट १६ खेल खेलिसकेका छन्।

पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमका पाँच खेलाडी अस्ट्रेलिया गइसकेका छन्।यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए।

त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए। तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। लगत्तै अर्का खेलाडी बिमल बस्नेत पनि अस्ट्रेलिया पुगेका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

दिपेन्द्र नेपालको कप्तान बन्ने बारे प्रशिक्षक मनोजले खोले ठूलो रहस्य

Wed Sep 21 , 2022
काठमाडौं । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेसँगै नेपाली क्रिकेटमा भयानक रिक्तता पैदा भएको छ । उनीमाथि परेको मुद्दाले कुन मोड लिने हो भन्ने निश्चित नभएकाले तत्काल विकल्प खोज्नुपर्ने बाध्यतामा छ, नेपाल क्रिकेट संघ (क्यान) । गत पुसमा ज्ञानेन्द्र मल्ललाई प्रतिस्थापित गर्दै सन्दीप राष्ट्रिय टिमको कप्तान नियुक्त भएका थिए […]

You May Like

error: