नेपाललाई हराउने बंगलादेशी महिला फुटबल टिमलाई बिसिबीले दियो मोटो रकमको पुरस्कार

काठमाडौं ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिमलाई नगद ५० लाख बंगलादेशी टाका पुरस्कार दिने घोषणा गरेको छ ।

सोमबार काठमाडौंको दशरथ रंगशालामा भएको छैटौं संस्करणको साफ फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ३-१ ले हराएर उपाधि जितेको थियो । बीसीबीका अध्यक्ष तथा सांसद नजमुल हसनले महिला फुटबलरको सफलताको प्रशंसा गर्दै ऐतिहासिक उपलब्धीले सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको बताए ।

‘महिला फुटबल टोलीले आफ्नो असाधारण प्रदर्शन र ऐतिहासिक उपलब्धिले सिंगो राष्ट्रलाई गौरवान्वित गरेको छ । उनीहरूको प्रयासको लागि हाम्रो प्रशंसा र समर्थनको रुपमा बीसीबीको तर्फबाट सम्पूर्ण टोलीलाई ५० लाख टाका घोषणा गर्दैछु,’ हसनले भने, ‘मलाई कुनै शंका छैन कि साफको विजयले देशभरका खेलाडीहरू र महिलाहरूलाई र खेलकुद टोलीहरूलाई सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय गौरवको लागि प्रयास गर्न धेरै प्रेरित गर्नेछ ।’

बंगलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा पाँच पटकको च्याम्पियन भारत र घरेलु टोली नेपाललाई समेत पहिलो पटक हराएको थियो । प्रतियोगिभर बंगलादेशले अपराजित रहँदै उपाधि जित्दा २३ गोल गर्‍यो भने जम्मा १ गोल व्यहोरेको थियो ।

यता साफ महिला च्याम्पियनसिपको फाइनल खेलपछि नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले संन्यास लिएका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको बंगलादेशसँगको फाइनलपछि नेपाली टिमकी रक्षक पुनम जर्घामगर र मिडफिल्डरद्वय दीपा राई, र इन्दिरा राई संन्यास लिएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन ।

नेपालकी अनिता बस्नेतले एक गोल फर्काईन् ।उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले ब्लेजर कोट लगाई बिदाइ गरे ।

सम्बाददाता

Leave a Reply

Next Post

दर्शनको टिमले जित्यो अर्को ठूलो उपाधि,दर्शन र सन्तोषले पाए ठूलो अवार्ड

Wed Sep 21 , 2022
काठमाडौं। अष्टे्लीयाको राजधानी क्यानवेरामा “क्यानवेरा नेप्लिज फुटबल क्लबको आयोजनामा ” चौथो S&S र Right & Associates नेपाल एम्बासी कप २०२२” क्यानवेराको अष्ट्रेलीयन इंस्टीट्यूट अफ स्पोर्ट्स (AIS) को फुटबल मैदानमा १७ सेप्टेम्वरमा सम्पन्न भएको थियो । उक्त फुटबल खेलमा युनाईटेड फुटवल क्लवले सेन्ट जर्ज नेपाली फुटवल क्लवलाई हराउँदै प्रतियोगितामा जीत हासिल […]

You May Like

error: