काठमाडौं।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको नयाँ वरियतामा सन्दीप लामिछानेले एक स्थान घटेको छ।नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दुबैको वरीयता एक स्थान सुधार भएको हो ।नयाँ वरीयतामा कुशल ५१ औं तथा दीपेन्द्र ५८ औं स्थानमा रहेका हुन् ।बलिङतर्फ सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२ औं स्थानमा झरेका छन् ।
दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा कायमै रहेका छन् ।ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् ।बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।
भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवले पाकिस्तानका कप्तान बाबर आजमलाई टी-२० ब्याट्सम्यानको विश्व वरीयतामा पछि पारेका छन्।आइसिसी पुरुष खेलाडी वरीयतामा यादव तेस्रो स्थानमा उक्लिएका छन्। बाबर चौथो स्थानमा झरेका छन्।
शीर्ष स्थानमा पाकिस्तानकै मोहमद रिजवान छन् भने दोस्रो स्थानमा दक्षिण अफ्रिकाका एडेन मक्रम रहेका छन्।रिजवानले मंगलबार कराँचीमा इंग्ल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका थिए।ब्याट्सम्यानको पाँचौ स्थानमा इंग्ल्यान्डका डेभिड मलान छन्।
यता बलरको वरीयतामा अस्ट्रेलियाका जोश हजलउड शीर्ष स्थानमा छन् भने दक्षिण अफ्रिकाका तबरेज शाम्मी दोस्रो स्थानमा छन्।इंग्ल्यान्डका आदिल रसिद तेस्रो र अफगानिस्ताका रासिद खान चौथो स्थानमा छन्। अस्ट्रेलियाका एडम जाम्पा पाँचौ स्थानमा छन्।
पीएनजी माथि नामिबियाको बिशाल जित, नेपाललाई ठुलो घाटा
आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनीलाई पराजित गरेको छ ।
पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको खेलमा नामिबिया ६१ रनले विजयी भएको हो ।नामिबियाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४३ ओभर १ बलमा अलआउट हुदै १ सय ५३ रन मात्र बनायो । उसका लागि लिगा सियाकाले ३८ तथा हिरी हिरीले २९ रन बनाए ।
चाल्स अमिनीले २२ तथा काबुया मोरियाले अविजित १५ रन बनाए । चाड सोपारले १० तथा कप्तान असद भालाले ७ रन बनाए ।नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले ३ तथा टाङ्गीनी लङ्गामिनी, रुबेन ट्रपिलम्यान र जान फ्रायलिंक समान २/२ विकेट लिए । ब्रिनड स्कोलजले १ विकेट लिए ।
यस जितले नेपाललाई झन् कठिन बनाएको छ। अब नेपालले बाँकी खेलमा जीत हासिल गर्नु पर्ने दबाब दिएको छ। २८ खेलमा १९ जित निकालेको स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा रहँदा आफ्ना सबै खेल सकाएको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ।
लिग अन्तर्गत नेपालले २० खेल खेल्दा ८ जितसहित १७ अंक जोडेर छैठौं स्थानमा छ।अब नेपालले १६ म्याच खेल्न बाँकी रहेको छ। विश्वकप छनोट हुन् बाँकी रहेका म्याचमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ। यदि लिग–२ को शीर्ष ३ भित्र पर्न सके नेपालले वानडे विश्वकप छनोट खेल्न पाउनेछ। शीर्ष तीनमा पर्न नसके नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ।