पाकिस्तान बिरुद्द इंग्ल्याण्डको सानदार जित, १७ वर्षपछि दोह्रायो इतिहास

काठमाडौँ ।

इंग्ल्याण्डको टोलीले पाकिस्तान भ्रमणमा दमदार सुरुवात गरेको छ । कराँचीमा भएको पहिलो टी–२० खेलमा पाहुना टोलीले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

जवाफमा इङ्ल्यान्डले चार बल बाँकी रहँदै चार विकेट गुमाउँदै १६० रन बनाएर खेल जित्यो ।पाकिस्तान भ्रमणमा १७ वर्षपछि इङ्ल्यान्डले पहिलो टी–२० जितेको छ। इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । उनको यो निर्णय सही सावित भएन । रिजवान र बाबर आजमले पहिलो विकेटका लागि ८५ रन जोडे।

यसैबीच बाबर आजम ३१ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका हैदर अलीले ११ र मसुदले ७ रन बनाए । रिजवानले एक छेउबाट ब्याटिंग गरे तर अर्को ब्याट्सम्यान फ्लप भए । रिजवानले ४६ बलमा ६८ रन बनाएर आउट भए भने इफ्तिखारले १७ बलमा २८ रन बनाए ।

यसप्रकार पाकिस्तानले ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । इंग्ल्याण्डका लागि लुक वुडले ३ विकेट लिए । आदिल रसिदले २ विकेट लिए । जवाफमा इंग्ल्याण्डले सुरुमा फिलिप साल्टको विकेट गुमाएको थियो । उनी १० रन बनाएर आउट भए ।

उनीपछि डेभिड मलानले पनि २० रन बनाए। एलेक्स हेल्स एक छेउमा उभिएर ब्याटिंग गरे। बेन ड्युकेटले २१ रन बनाए । ह्यारी ब्रुकले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । हेल्स ४० बलमा ५३ रन बनाएर आउट भए तर ब्रुकले ब्याटिङ गर्दै २५ बलमा अविजित ४२ रन बनाए ।

उनको साथमा मोइन अलीले ७ रन बनाए । यसप्रकार इंग्ल्याण्डले अन्तिम ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएर खेल जितेको हो । पाकिस्तानका लागि उस्मान कादिरले २ विकेट लिए ।

सम्बाददाता

Leave a Reply

Next Post

हारको दोष बलरलाई दिदै रोहित शर्माले दिए ठुलो बयान

Wed Sep 21 , 2022
काठमाडौँ । उच्च स्कोरको खेलमा अन्तिम ओभरमा अस्ट्रेलियासँग पराजित भएको भारतीय टोली माथि तीन खेलको टी–२० सिरिजमा अस्ट्रेलियाले अग्रता लिएको छ । ठूलो रन बनाएर पनि टीम इण्डियाले हार बेहोरेको हो । यो हारपछि कप्तान रोहित शर्माले टिम इंडियाको बलिङ बारे ठूलो प्रतिक्रिया दिएका छन् । रोहित शर्माले भने, ‘मलाई […]

You May Like

error: