काठमाडौँ ।
टीम इन्डियाका कप्तान ‘हिटम्यान’ रोहित शर्माले आज मोहालीमा अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ब्याटिङ गर्न आउँदा ठूलो कीर्तिमान बनाउने मौका थियो। तर त्यो हुन सकेन।
रोहित शर्माले आज अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० खेलमा दुई छक्का प्रहार गरेको हुन्थे भने उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बन्दथे। तर उनि अस्ट्रेलियाविरुद्धको आजको खेलमा एउटा छक्का र एउटा चौका प्रहार गर्दै ११ रनमा आउट भए ।
‘हिटम्यान’ रोहित शर्मा टी–२० अन्तर्राष्ट्रियमा यो कीर्तिमानको नजिक
रोहित शर्माले यो कीर्तिमान बनाए भने ठूला दिग्गजहरुलाई पछाडि छोड्नेछन् । रोहित शर्माले यस मामिलामा न्युजिल्यान्डका ब्याट्सम्यान मार्टिन गुप्टिलको कीर्तिमान तोड्ने छन्, जो हाल १७२ छक्कासहित टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा छन् र आज रोहितले उनीसंग बराबरी गरेका छन।
रोहित शर्माले हाल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १७२ छक्का प्रहार गरेका छन् । अबको अष्ट्रेलियाविरुद्धको दोश्रो टी–२० खेलमा एक छक्का प्रहार गरेसँगै रोहित शर्माले १७३ छक्का प्रहार गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान बन्ने छन् ।
टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यान: १७२ मार्टिन गुप्टिल (न्युजिल्यान्ड), १७२ रोहित शर्मा (भारत), १२४ क्रिस गेल (वेस्ट इन्डिज), १२० इयोन मोर्गन (इंग्ल्याण्ड), ११७ आरोन फिन्च (अष्ट्रेलिया)
टि-२० अन्तर्राष्ट्रियमा रोहित शर्माको कीर्तिमान: सर्वाधिक रन – ३६२० , सबैभन्दा बढी छक्कामा बराबरी – १७१
रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन् । रोहित शर्माले यो फर्म्याटमा ३६२० रन बनाएका छन् । रोहित शर्माले १३६ खेलका १२८ इनिङ्समा ३२.३२ को औसतमा कुल ३६२० रन बनाएका छन् । रोहितले अहिलेसम्म ४ शतक र २८ अर्धशतक बनाएका छन् । रोहित शर्माको टि-२० अन्तर्राष्ट्रियमा उत्कृष्ट स्कोर ११८ रन हो।