सावित्रा भण्डारी बिना मैदानमा उत्रिदै नेपाली टोलि, यस्तो छ सुरुआती-११

काठमाडौं ।

नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज सोमबार हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्ने छन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत बंगलादेशविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् ।

सुरुआती-११ मा फरवार्ड सावित्रा भण्डारी छैनन् । डेंगुको कारण उनी बेन्चमा छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल ५:०० बजे सुरु हुनेछ ।

नेपालको सुरुआती-११: एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ

महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ । किनकि त्यो टोली साफको नयाँ च्याम्पियन टोली बन्नेछ ।

पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ । तर, यस पटक भारत सेमिफाइनलबाटै घर फर्किएको छ ।अघिल्ला संस्करणमा सधै फाइनलमा स्तब्ध हुँदै आएको नेपाल घरेलु मैदानमा भने उपाधि जित्न चाहन्छ ।

सेमिफाइनलमा भारतलाई हराएको कारण समेत नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ । यस्तै इतिहासको पानामा समेत नेपाल बंगलादेशविरुद्ध अपराजित छ ।हालसम्म नेपालले बंगलादेशसँग ८ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ६ जित र दुई बराबरी खेलेको छ । महिला साफमा भने नेपालले ३ खेलमा तीनै खेल जितेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

सुरुवातमै नेपालबिरुद्द बंगलादेशले लियो अग्रता

Mon Sep 19 , 2022
काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज सोमबार हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको फाइनलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु भएको हो । नेपालबिरुद्द पहिलो गोल गर्दै बंगलादेशले सुरुवाती अग्रता लिएको छ […]

You May Like

error: