इन्डोनेसियामा लगातार हार बेहोर्दै रोहितको टोलि पर्सिक

काठमाडौं ।

इण्डोनेसियाको शिर्ष लिगमा व्यवसायीक फुटबल खेलिरहेका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली पेर्सिक केदिरीको खराब लय निरन्तर जारी छ । लिगको १०औं खेल समाप्त हुँदासम्म एउटै जित हात पार्न नसकेको पेर्सिकले शनिबार सातौं हार बेहोर्यो ।

एरेमा क्लबसँग १–० ले पराजित हुन पुगेको केदिरी लिगतालिकामा ३ अंकका साथ पुछारमा छ । शनिबार एरेमाको जितमा खेलको अन्तिमतिर ८१औं मिनटमा इश्र्याद मौलानाले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

खेलमा निरन्तर पहिलो रोजाई मै रहेर खेलिरहेका रोहितले अपेक्षाअनुसार नतिजा भने हात पार्न सकेका छैनन् । यो जितपछि एरेमा १० खेलबाट १४ अंकका साथ नवौं स्थानमा छ । पेर्सिक ३ अंकका साथ पुछारको १८औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल बिहीबार बारिटो पुतेरासँग खेल्नेछ ।

यो पनि पढ्नुहोस : पूर्वकप्तान लाई टिम बाहिर राख्दै टी–२० विश्वकपका लागि युएईको टोली घोषणा
युएईले अर्को महिना अस्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । युएईको टोलीले प्रतियोगिताको पहिलो चरण खेल्नुपर्नेछ । यसले अर्को चरणको निर्णय गर्नेछ। अनुभवी खेलाडी रोहन मुस्तफा  १५ सदस्यीय टोलीमा परेका छैनन् ।

टोलीको नेतृत्व सीपी रिजवानले गर्नेछन्, जसलाई गत महिना मात्र युएईको टी–२० कप्तान नियुक्त गरिएको थियो। विडम्बनाको कुरा, मुस्तफाले विश्वकप छनोट प्रतियोगिताको फाइनलमा आयरल्याण्डविरुद्ध युएईका लागि विजयी रन बनाएका थिए।

युएईको टि-२० विश्वकप टोलि: सीपी रिजवान (कप्तान), वृत्त अरविन्द (उप कप्तान), चिराग सुरी, मुहम्मद वसीम, बासिल हमीद, आर्यन लाक्रा, जवर फरीद, काशिफ दाउद, कार्तिक मयप्पन, अहमद रजा, जहूर खान, जुनैद सिद्दीकी, साबिर अली, अलीशान शराफु, अयान। खान।

युएईले सेप्टेम्बर २५ बाट बंगलादेशसँग दुई खेलको टी–२० सिरिज खेल्नेछ । अर्को महिना हुने विश्वकपमा नेदरल्याण्ड्स, श्रीलंका र नामिबियासँगै युएई समूह ए मा परेका छन् । यस्तो अवस्थामा युएईका लागि यी टोलीविरुद्धको मुद्दा सहज हुनेछैन ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालसँग भिड्न तम्तयार बंगलादेशको यस्तो छ विगत

Sun Sep 18 , 2022
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतको एक छत्र दबदबा तोड्दै नेपाल र बंगलादेश यसपटक फाइनल पुगेका छन् । सोमबार साँझ हुने छैठौँ साफ महिला च्याम्पियनसिपले प्रतियोगिताको इतिहासमा नयाँ विजेता पाउँदै छ । यसअघि पाँचवटै संस्करण भारतले जितेको थियो । दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला फुटबलका हालसम्म आयोजित तीनवटै संस्करण पनि भारतले […]

You May Like

error: