साफ महिला च्याम्पियनसिप जित्नेबारे यस्तो भन्छन प्रशिक्षक थापा

काठमाडौँ ।

नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् ।प्रतियोगिताको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहँदैनौँ ।

हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहँदैनौँ । घरेलु टिम हौँ र च्याम्पियनसिप सुरु हुँदादेखि नै उपाधि यही छ । त्यसैले यो उपाधिलाई बाहिर जान दिने पक्षमा हामी छैनौँ ।’ थापाले भने । प्रतियोगिताको फाइनल खेल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपराह्न ५ बजे हुनेछ । प्रशिक्षक थापाले घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै आगामी दुई संस्करण च्याम्पियन बन्ने बताउँदै टिम तयारी अवस्थामा रहेको बताए ।

‘हामी आउँदो दुई वर्षका लागि विजेता बन्न चाहन्छौँ । अर्को संस्करणसम्म हामी उपाधिलाई यही राख्न चाहन्छौँ,’ थापाले भने, ‘सेमिफाइनलमा हाम्रा खेलाडीको प्रदर्शनबाट म निकै खुसी छु ।  मलाई थाहा छ उनीहरूले त्यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन्,’ थापाले भने ।

यसअघि नेपालले साबिक पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा १–० ले पराजित गर्दै फाइनल पुगेको थियो ।  भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपालले त्यसअघि समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । थापाले घरेलु समर्थकले ऊर्जाले थप उपाधिको जित्न हौसला बढ्नेमा विश्वास प्रकट गरे ।

‘हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौँ । र, हाम्रो टिममा अहिले यो सबै छ ।  यसै कारण म विश्वस्त र खुसी छु,’ थापाले भने । यता, बंगलादेशका प्रशिक्षक गोलम रब्बानी छोटनले नेपाली टिम बलियो भए पनि आफ्नो टिमले उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।

नेपालले पछिल्लो पटक २०१९ मा भएको साफमा बंगलादेशलाई ३-० ले पराजित गरेको थियो । गतवर्ष काठमाडौंमै भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने अर्को खेल बराबरी गरेको थियो । साफमा अहिलेसम्म तीन भेटमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

साफ महिला च्याम्पियनसिप जित्नेबारे यस्तो भन्छन बंगलादेशी प्रशिक्षक छोटोन

Sun Sep 18 , 2022
काठमाडौँ । दोस्रो पटक फाइनल पुगेको बंगलादेश नेपाल विरुद्ध खेल्नका लागि तयार छ । यस संस्करणमा बंगलादेशले टेक्निकल्ली उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारतलाई सेमिफाइनलमा नेपालले पराजित गर्नुअघि नै बंगलादेशले समूह चरणमा पराजित गर्दै भारतको साफमा २५ खेलको अपराजित यात्रालाई ब्रेक लगाइदिएको थियो । भारतलाई हराएपछि बंगलादेशको पनि मनोबल […]

You May Like

error: