सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीले थाल्यो यस्तो तयारी

काठमाडौं।

१७ वर्षीया नाबा’लिगमाथि बला’त्कार गरेको आरो’प लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्रा’उ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो।उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।

तर लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्।यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए।‘उनी अहिलेसम्म सम्पर्कमा आएनन्, इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया सुरू भइसक्यो,’ ती अधिकारीले भने।

प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो।अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन।इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।

इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। बला’त्कार, ह’त्याजस्तो जघन्य अपरा’धको मुद्दा’मा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ।‘कस्तो खालको अप’राध र परिस्थिति हो त्यसअनुसार नोटिस जारी हुन्छ। मृ’त्यु भइसकेको मान्छे खोज्न परे ब्ल्याक कर्नर, बिस्फोट गराएको मुद्दाका मान्छे पक्राउ गर्न परे पर्पल, बला’त्कारजस्तो ग’म्भीर प्रकृतिको अपरा’धमा रेड कर्नर नोटिस जारी हुन्छ,’ उनले भने, ‘नोटिस जारी गर्न पनि एकैचोटी हुँदैन। कार्यविधि, कानुनअनुसार अघि बढ्ने हो।’

यसबारेमा अदालतको पनि आदेश चाहिने उनले बताए। अनु’सन्धान गर्दै जाँदा अनु’सन्धान अधिकृतको आवश्यकता भएमा अदा’लतको आदेशपछि इन्टरपोलबाट पक्राउ गर्न सकिने उनको भनाइ छ। फरार भएको यति नै दिनमा पक्राउ गर्नुपर्ने भन्ने नभएको उनले बताए।राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबा’लिगलाई पटक-पटक बला’त्कार गरेको आ’रोप लागेको थियो।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहे’री परेको थियो।लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ।

यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए। लामो समयसम्म विदेशमा रहँदा उनी पी’डितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ।

तर पीडित प्रहरीकै संरक्षणमा भएको प्रहरी अधिकृतले बताएका छन्।उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

 

सम्बाददाता

Leave a Reply

Next Post

साफ महिला च्याम्पियनसिप जित्नेबारे यस्तो भन्छन प्रशिक्षक थापा

Sun Sep 18 , 2022
काठमाडौँ । नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् ।प्रतियोगिताको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहँदैनौँ । हामी ९० मिनेटपछि घरेलु समर्थकलाई […]

You May Like

error: