भारतविरुद्ध नेपालले गर्यो उत्कृष्ट गोल

काठमाडौं।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतविरुद्ध १-० गोलको अग्रता बनाएको छ।

नेपालकी रश्मी कुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।यस खेलको विजेताले फाइनलमा बंगलादेशको सामना गर्नेछ ।अहिलेसम्म भएका १४ खेल भएको छ।जसमा नेपाल ११ हार, दुई बराबरी, एक जित ।

नेपालले भारतको सामना गर्दायताको सुरुआती पाँच खेलमा नेपाल लगातार पराजित रह्यो । त्यसपछि सन् २०१६ मा पहिलो बराबरीमा निस्क्यो, १२ औं दक्षिण एसियाली खेलकुदका क्रममा ।

त्यसपछि थप दुई हारपछि नेपालले एक अर्को बराबरीमा निकालेको थियो, सन् २०१८ मा । अवसर थियो, वुमेन्स प्रारम्भिक ओलम्पिक छनोट । भारतमाथि नेपालको एकै मात्र जित भने सन् २०१९ मा रह्यो । त्यति बेला नेपालले वुमेन्स गोल्डकपमा भारतलाई भारतमै २–१ ले हराएको थियो । फेरि त्यसयतामा चार खेलमा नेपाल पराजित रहेको छ ।

नेपालको सुरुआती-११ : एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ

यता बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् ।यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

एकतर्फी खेलमा बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।खेलको १८ औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादेशको अग्रता २-० को बनाए ।३० औं मिनेटमा सरकारले गोल गर्दा बंगलादेशको अग्रता तेब्बर बन्यो ।

खेलको ३५ औं मिनेटमा चक्माले गोल गरेपछि पहिलो हाफमा बंगलादेश ४-० ले अघि रह्यो ।दोस्रो हाफमा बंगलादेशले थप ४ गोल गर्यो ।खेलको ५४ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५-० को बनाईन् ।

खेलको ५७ औं मिनेटमा प्रभिनले गोल गर्दा बंगलादेश ६-० ले अघि रह्यो ।८७ औं मिनेटमा खातुनले गोल गरेपछि बंगलादेश ७-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८-० को जित दिलाईन् ।अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

भारत विरुद्ध नेपालको किर्तिमानी जित,नेपाल फाइनल प्रवेश

Fri Sep 16 , 2022
काठमाडौं। नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन […]

You May Like

error: