गोलको वर्षा गर्दै बङ्गलादेश फाइनल प्रवेश,फाइनलमा नेपाल वा भारत सँग खेल्ने

काठमाडौं।

बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् ।यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

एकतर्फी खेलमा बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।खेलको १८ औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादेशको अग्रता २-० को बनाए ।३० औं मिनेटमा सरकारले गोल गर्दा बंगलादेशको अग्रता तेब्बर बन्यो ।

खेलको ३५ औं मिनेटमा चक्माले गोल गरेपछि पहिलो हाफमा बंगलादेश ४-० ले अघि रह्यो ।दोस्रो हाफमा बंगलादेशले थप ४ गोल गर्यो ।खेलको ५४ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५-० को बनाईन् ।

खेलको ५७ औं मिनेटमा प्रभिनले गोल गर्दा बंगलादेश ६-० ले अघि रह्यो ।८७ औं मिनेटमा खातुनले गोल गरेपछि बंगलादेश ७-० ले अघि रह्यो ।त्यसपछि खेलको इन्जुरी समयमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८-० को जित दिलाईन् ।

अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल साँझ ५:३० बजे सुरु हुनेछ ।फाइनल खेल सोमबार हुनेछ ।

यो पनि पढ्नुहोस् ;नेपालले आज भारतसँग भिड्दै,नेपाललाई ठूलो इतिहास रच्ने मौका

घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ । नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो ।

त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो । भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्न चाहन्छ । समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो ।

समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो । भारतले समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो ।

समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो । यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् । बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

भारतसँग खेल्नु अघि नेपाललाई ठूलो खुसीको खबर,भारतलाई भने ठूलो झट्का

Fri Sep 16 , 2022
काठमाडौं। घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ । नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित […]

You May Like

error: