नेपाली फुटबल टिमलाई ठूलो झड्का,विदेशिए किरण पछिका उत्कृष्ट युवा गोलकिपर

काठमाडौं।

पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमका पाँच खेलाडी अस्ट्रेलिया गइसकेका छन्।पाँच जना खेलाडी पछि अर्का युवा गोलकिपर रोहित कार्की पनि विदेश पलायन भएका छन्।

नेपाली फुटबलमा अनिश्चितताको अन्ध्यारो मडारिंदै गएपछि नेपाली खेलाडीहरुले आफ्नो भविष्य पनि अन्धकार नै देख्न थालेका छन् । उमेर समूहतर्फ नेपालको सबै जसो राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका क्षमतावान गोलरक्षक रोहित कार्की पनि आफ्नो भविष्य सुनिश्चितताका लागि विदेशिएका छन् ।

आउँदो पुषमा उमेरले भर्खरै २० टेक्न लागेका रोहितले बाध्यतात्मक रुपमै विदेशिनु परेको दुःखेसो पोखे । उमेर समूहमा राष्ट्रिय टिमको सदस्य समेत रहेका ‘ए’ डिभिजन क्लबमा व्यावसायिक फुटबल खेलिरहेका मकवानपुरका रोहित कार्की अष्ट्रेलिया पुगेका छन् । अध्ययनका लागि एक साताअघि कार्की अष्ट्रेलिया गएका हुन् ।

व्यावसायिक फुटबल कमजोर बन्दै गएसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका मकवानपुरका खेलाडीहरु विदेश पलायन भइरहेका छन् । यसअघि ‘ए’ डिभिजन क्लबमै व्यावसायिक फुटबल खेलिरहेका एलन न्यौपाने पनि अष्ट्रेलिया पुगेका छन् । न्यौपाने उमेर समूहमा राष्ट्रिय टिमका सदस्य समेत रहिरसकेका थिए भने ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ मस्र्याङ्दीबाट पनि खेलिसकेका छन् ।

कार्की पछिल्लो समय ‘ए’ डिभिजन क्लब संकटामा आवद्ध थिए । त्यसअघि उनी मच्छिन्द्र क्लबबाट पनि खेलेका थिए । अध्ययन भिसामा अष्ट्रेलिया गएको कार्कीले जानकारी दिएका छन् । हेटौंडा–२, पिपलबोटका कार्की अष्ट्रेलिया बसाईका क्रममा अष्ट्रेलियाको रोयल वेस्टर्न क्लबमा आवद्ध भएर फुटबलमा कायमै रहने जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा २०१५ देखि ५ बर्ष बसेका कार्की उमेर समूहमा ताजकिस्तानमा भएको प्रतियोगितामा राष्ट्रिय टिम परेका थिए । कार्कीले राष्ट्रिय टिममै रहेर श्रीलंका, दुवई र इरानमा खेलिसकेका छन् । पहिलो एनएसएल लिगमा ललितपुर सिटी एफसीबाट खेलेका कार्की दोस्रो संस्करणको एनएसएलमा विराटनगर सिटी एफसीबाट खेल्ने तयारीमा थिए ।

यस अघि नेपाली टिमका महत्त्वपूर्ण ५ खेलाडीहरु अस्ट्रेलिया पुगेका छन्।अस्ट्रेलिया पुगेका तीनै जना पछिल्लो समय राष्ट्रिय टिममा थिए। जसमा दर्शनले पछिल्लो पटक नेपालका लागि गोल समेत गरेका थिए।दर्शनले एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतविरूद्ध गोल गरेका थिए।दुई वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका इलामका दर्शनले कुवेतविरूद्ध दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्न सफल भएका थिए।

डिबक्सभित्रबाट उत्कृष्ट गोल गरेसँगै नेपालले कुवेतविरूद्ध ४० वर्षपछि गोल गर्न सफल भएको थियो। अघिल्लो सिजन उनले एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।यता डिफेन्डर नवीन गुरुङले गत वर्ष दशरथ रंगशालामा मरिससविरूद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।नवीनले गत सिजन एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।

यता चार वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका सन्तोष तामाङ आर्मीका प्रभावशाली मिडफिल्डर हुन्। पछिल्लो समय आर्मीको मुख्य खेलाडी बनेका सन्तोषले राष्ट्रिय टिमबाट १६ खेल खेलिसकेका छन्।

यस अघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए।त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए। तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। लगत्तै अर्का खेलाडी बिमल बस्नेत पनि अस्ट्रेलिया पुगेका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

गोलको वर्षा गर्दै बङ्गलादेश फाइनल प्रवेश,फाइनलमा नेपाल वा भारत सँग खेल्ने

Fri Sep 16 , 2022
काठमाडौं। बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो । बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् ।यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन […]

You May Like

error: