काठमाडौं।
जबर’जस्ती करणको आरोप लगाएका क्रिकेट सन्दीप लामिछाने केही दिनपछि मात्रै नेपाल आउने बुझिएको छ । भदौ ५ गते भएको घटना उनी वेस्टइन्डिजमा क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न गएका बेला एक नावा’लिकाले गौशाला प्रहरी बृत्तमा उजरी दिएपछि सार्वजनिक भएको थियो ।
त्यसलगत्तै नेपाली टिमबाट निलम्बनमा परेका सन्दीपले सीपीएल पनि छाडेका थिए । उनी नेपाल आएर आफूले का’नुनी लडाईं लड्ने बताएका थिए । त्यसयता सामाजिक सञ्जालमा समेत सार्वजनिक नभएका सन्दीप अहिले नेपाल क्रिकेट संघ क्यानको पनि सम्पर्कमा नरहेको जनाइएको छ । उनी अहिले पनि विदेशमै रहेका र त्यहाँ कानुनी परामर्श गरिरहेको बताइएको छ ।
सन्दीपको पक्षबाट बहस गर्ने तयारी गरेका अधिक्ता सरोज घिमिरे अहिले सिंगापुर पुगेका छन् । सिंगापुरमा घिमिरेले अन्तर्राष्ट्रिय विज्ञसँग परामर्श गरिरहेको बुझिएको छ ।
यसैगरी सन्दीपका एजेन्ट पाकिस्तानी खेल विज्ञ अला रहमान तलवानीसँग घिमिरेले छलफल गरेर काठमाडौं फर्कने बुझिएको छ । घटना पछि तनावमा रहेका सन्दीप कतै नभागेको उनी केही दिनमा काठमाडौं आइपुग्ने बताइएको छ ।
यो पनि: एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा
नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरएन स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस फाइनल पुगेको हो ।
पुलिसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको एनआरएनए ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनायो ।उसका लागि कप्तान सुनाम गौतमले २५ बलमा ४ छक्का र २ चौकाको मद्दतले ४६ रन बनाए । सागर पुनले २० बलमा ३७ रन बनाए ।
पुलिसका लागि योगेन्द्र सिंह कार्कीले २ तथा पवन सरार्फले १ विकेट लिए ।त्यस अघि पहिला ब्याटिङ गरेको पुलिसले ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । उसका लागि आरिफ शेखले १५ बलमा ३ छक्का ३ चौकाको मद्दतले ३६ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १२ बलमा २५ रन बनाए ।