नेपाल र बंगलादेशबीच हुने खेलको टिकट मूल्य तय

काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ ।एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको हो ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ ।

मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ। एन्फाले मैत्रीपूर्ण खेलका लागि उपाध्यक्ष विराज जंग शाहीलाई संयोजक तोकिएको जनाएको छ ।मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख ६५ हजार रहेको एन्फाले जनाएको छ ।

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली असोज ७ गते नेपाल आईपुग्ने एन्फाले जनाएको छ ।मैत्रीपूर्ण खेलका लागि नेपालले कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ ।

यो पनि पढ्नुहोस्: साफ यू-१७ उपविजेता टोली स्वदेश फिर्ता
श्रीलंकामा आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महसचिव किरण राई लगायत एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४-० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।

भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे।कलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए ।

खेलको ६३ औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाए ।त्यसपछि खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।यस जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ ।

यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ ।यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो ।नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

आरिफले आक्रामक ब्याटिङमा पुलिसले ८ ओभरमा दियो विशाल लक्ष्य

Thu Sep 15 , 2022
काठमाडौं। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ।बुधबार परेको वर्षाको खेल ८–८ ओभरको भएको थियो। पुलिस क्लबले निर्धारित ८ ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको हो। टियु क्रिकेट मैदानमा नेपाल टस  जितेर पहिला ब्याटिङ गरेको पुलिस […]

You May Like

error: