नेपालको सपना अधुरै, साफ फाइनलमा भारतबिरुद्द बेहोर्यो लज्जास्पद हार

काठमाडौं ।

श्रीलंकामा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १७ च्याम्पियनसिपमा नेपाललाई ४-० अन्तरले हराउदै भारतले उपाधि हासिल गरेको छ । खेल नेपाली समय अनुसार ०७:१५ बजे देखि सुरु भएको थियो । पहिलो हाफमा भारत नेपालबिरुद्द २-० ले अगाडी थियो भने दोस्रो हाफमा २ गोल थप्दै ४-० ले जित हासिल गरेको छ ।

खेलको १८औ मिनेटमा गोल गर्दै भारतले सुरुवाती अग्रता लिएको हो । भानलल्पेका गुइटेले भारतको लागि पहिलो सफलता दिलाएका हुन् । भने खेलको ३० औ मिनेटमा दोस्रो गोल  भानलल्पेका गुइटेको असिस्टमा कोरोउले गरेका हुन्।

खेलको ६३ औ मिनेटमा तेस्रो गोल भानलल्पेका गुइटेले नै गरेका हुन् । भने खेलको अन्तिम गोल ९०+४ औ मिनेटमा अमनले नेपाली किपरलाई एक पछि पार्दै चौथो गोल गरेका हुन् । भारतका लागि खेलको ३८औ मिनेटमा भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए ।नेपालका कप्तान प्रशान्त  रातोकार्ड खादै मैदान छाडेका हुन् ।

यसघि नेपालले समूहगत चरणमा भारतलाई ३-१ गोलले हराएको थियो । समूहका दुवै खेल जितेको नेपालले सेमिफाइनलमा श्रीलंकालाई ६-० गोलले पराजित गरी फाइनलमा स्थान बनाएको हो । साफले यू- १५ र यू- १६ च्याम्पियनसिपलाई गाभेर यसपटकदेखि यू- १७ च्याम्पियनसिप आयोजना गर्न थालेको हो ।

नेपालले हालसम्म साफका यू- १५, यू- १६ र सिनियर च्याम्पियनसिप जित्न सकेको छैन । साफ महिला च्याम्पियनसिपमा पनि पाँचमध्ये चार संस्करणको फाइनल पुगेको नेपाली टोली ती सबै उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो ।

कुनै पनि उमेरस्तरको साफ च्याम्पियनसिपमा नेपाल र भारत पहिलोपटक भिड्न लागेका भने होइनन् । यसअघि गत वर्षमात्र नेपाल पुरुषतर्फ सिनियर साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग भिडेको थियो । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली टोली भारतसँग ३-० गोलले पराजित भएको थियो ।

सन् २०१५ मा भएको पहिलो साफ यू- १९ च्याम्पियनसिपको फाइनलमा पनि नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला नेपाली टोलीले भारतलाई टाई ब्रेकरमा पराजित गर्दै उपाधि हात पारेको थियो । सन् २०१७ मा भएको साफ यू- १९ च्याम्पियनसिप नेपालले राउन्ड रोबिन लिगमा शीर्षस्थानमा रहेर जितेको थियो ।

 

सम्बाददाता

Leave a Reply

Next Post

नेपालमाथि बहराइनले गर्यो आधा दर्जन गोल,नेपाल एसियन कप छनोटबाट बाहिरियो

Thu Sep 15 , 2022
काठमाडौं। बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।नेपाल अब एएफसी यू-२० एसियन कप छनोट बाट नै बाहिरिएको छ। बहराइनको जितमा अब्दुल्ला अली […]

You May Like

error: