नेपालबिरुद्द भारतले लियो अग्रता

काठमाडौं ।

श्रीलंकामा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १७ च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपाल र भारत भिड्दैछन् । खेल नेपाली समय अनुसार ०७:१५ बजे देखि सुरु भएको हो । भारतले नेपालबिरुद्द सुरुवाती अग्रता लिएको छ ।

खेलको १८औ मिनेटमा गोल गर्दै भारतले सुरुवाती अग्रता लिएको हो । भानलल्पेका गुइटेले भारतको लागि पहिलो सफलता दिलाएका हुन् । अहिले खेल स्कोर भारत १-० नेपाल रहेको छ ।

यसघि नेपालले समूहगत चरणमा भारतलाई ३-१ गोलले हराएको थियो । समूहका दुवै खेल जितेको नेपालले सेमिफाइनलमा श्रीलंकालाई ६-० गोलले पराजित गरी फाइनलमा स्थान बनाएको हो । साफले यू- १५ र यू- १६ च्याम्पियनसिपलाई गाभेर यसपटकदेखि यू- १७ च्याम्पियनसिप आयोजना गर्न थालेको हो ।

कुनै पनि उमेरस्तरको साफ च्याम्पियनसिपमा नेपाल र भारत पहिलोपटक भिड्न लागेका भने होइनन् । यसअघि गत वर्षमात्र नेपाल पुरुषतर्फ सिनियर साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग भिडेको थियो । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली टोली भारतसँग ३-० गोलले पराजित भएको थियो ।

सन् २०१५ मा भएको पहिलो साफ यू- १९ च्याम्पियनसिपको फाइनलमा पनि नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला नेपाली टोलीले भारतलाई टाई ब्रेकरमा पराजित गर्दै उपाधि हात पारेको थियो । सन् २०१७ मा भएको साफ यू- १९ च्याम्पियनसिप नेपालले राउन्ड रोबिन लिगमा शीर्षस्थानमा रहेर जितेको थियो ।

सन् २०१३ मा भएको साफ यू- १६ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग १-० गोलले पराजय भोगेको थियो । सन् २०१७ मा भएको साफ यू- १५ च्याम्पियनसिपमा पनि नेपाल र भारत भिडेका थिए । त्यतिबेला नेपाल उपाधि भिडन्तमा २-१ गोलले पराजय भोगेको थियो ।

नेपालले हालसम्म साफका यू- १५, यू- १६ र सिनियर च्याम्पियनसिप जित्न सकेको छैन । साफ महिला च्याम्पियनसिपमा पनि पाँचमध्ये चार संस्करणको फाइनल पुगेको नेपाली टोली ती सबै उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालबिरुद्द गोल बर्षाउदै भारत

Wed Sep 14 , 2022
काठमाडौं । श्रीलंकामा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १७ च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपाल र भारत भिड्दैछन् । खेल नेपाली समय अनुसार ०७:१५ बजे देखि सुरु भएको हो । भारतले नेपालबिरुद्द सुरुवाती अग्रता लिएको छ । खेलको १८औ मिनेटमा गोल गर्दै भारतले सुरुवाती अग्रता लिएको हो । भानलल्पेका […]

You May Like

error: