छक्का छक्का प्रहार गर्दै विनोदले बनाए विष्फोटक अर्धसतक

काठमाडौं।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले विष्फोटक अर्धसतक बनाएका छ।उनले पुलिस क्लब विरूद्ध २२ बलमा ५० रन बनाएका छन्।यस क्रममा उनले ६ छक्का प्रहार र दुई चौका प्रहार गरेका छन्।यस अघि उनले मधेश प्रदेश विरूद्ध विनोदले ३३ बलमा ३४ रन बनाएका थिए।यस क्रममा उनले ४ चौका प्रहार गरेका थिए।

यस्तै त्रिभुवन आर्मी क्लबका ओपनर अर्जुन साउदले अर्धसतक प्रहार गरेको छन्। नेपाल पुलिस क्लब विरूद्ध अर्जुनले ३४ बलमा ५२ रन बनाएका हुने।यस क्रममा उनले ७ चौका र २ छक्का प्रहार गरेका छन्।यो अर्जुनको पहिलो अर्धसतक हो।अर्जुन साउदले अर्धसतक बनाउँदा साथ रन आउट भएका छन्।

त्रिभुवन आर्मी क्लबका लागि ओपनर हरी चौहान ७ बलमा बिना रनमा आउट भएका थिए।त्रिभुवन आर्मी क्लबका लागि भीम सार्कीले १५ बलमा १२ रन बनाएर आउट भएका छन्।यस क्रममा उनले २ चौका प्रहार गरेका छन्।रोहित कुमार पौडेलले १९ बलमा १४ रन बनाएर आउट भएका छन्।यो खबर तयार पार्दासम्म त्रिभुवन आर्मी क्लबले १६.४ ओभरमा ४ विकेट गुमाएर १४७ रन बनाएको छ।

नेपाल पुलिस क्लबको लागि करण केसी २ ओभरमा १२ रन दिएर एक विकेट लिएका छन्।भने ललितले एक विकेट लिएका छन्।गुलशन झाले एक विकेट लिएका छन्।

यस अघि कीर्तिपुरस्थित टियु मैदानमा भएको पहिलो खेलमा कर्णाली प्रदेशले  गण्डकी प्रदेशलाई हराएको छ।कीर्तिपुरस्थित टियु मैदानमा १३ ओभरमा घटाईएको खेलमा कर्णालीले गण्डकीलाई ८ रनले हराएको हो ।

कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।गण्डकीका लागि सन्दीप क्षेत्रीले ४९ रन बनाए । अनिल गुरुङले १४ तथा ईश्वर क्षेत्रीले ८ रन बनाए ।

कर्णालीका दिनेश अधिकारीले ३ तथा प्रकाश जैसी र अनुज चुनाराले २/२ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १३ ओभरमा ७ विकेट गुमाएर ९३ रन जोडेको थियो ।

कर्णालीका लागि प्रकाश जैसीले १९ रन जोडे । विपिन रावल र सुवाश एयरले १३/१३ तथा सुमित बुढाथोकीले अविजित १२ रन बनाए । दिनेश अधिकारी पनि १२ रनमा आउट भए ।गण्डकीका अमृत गुरुङले ४ विकेट लिए ।

यस जितसँगै कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । समूह ‘ए’ को कर्णाली तेस्रो स्थानमा रहेको छ ।गण्डकीले ४ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

विनोदले छक्काको वर्षा गर्दा पुलिसले पायो विशाल लक्ष्य

Wed Sep 14 , 2022
काठमाडौं। नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले विष्फोटक अर्धसतकमा पुलिस क्लब विरूद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ।त्रिभुवन आर्मी क्लबले १९ ओभरमा ५ विकेट गुमाएर १७७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो। त्रिभुवन आर्मी क्लबका लागि विनोद भण्डारीले २९ बलमा ६६ रन बनाएका छन्। यस […]

You May Like

error: