काठमाडौं।
नाबा’लिग बला’त्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किएका छैनन् ।कतिपयले उनी भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको बताए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन ।उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए ।
लामिछानेले यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबा’लिग किशो’रीलाई बला’त्कार गरेको अभियोगमा प्रहरी उनको खोजीमा छ ।बला’त्कृत युवतीले दिएको उजुरीका आधारमा उनला प्रहरीले खोजी गरेको हो । त्यसपछि लामिछानेविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।
निलम्बनमा परेपछि लामिछानेलाई ‘क्यारेबियन प्रिमियर लिग’बाट समेत हटाइएको थियो । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ ।तर उनी त्यहाँबाट नेपालका लागि हिँडे नहिँडेको बारेमा केही जानकारी नभएको बताइएको छ । कतिपयले सन्दीपले विदेशबाटै कानुनविदहरुसँग परामर्श गरिरहेको दाबी गर्दै आएका छन् ।
तर उनी हवाइ मार्गबाट नेपाल आइपुगेको सूचना प्रहरीमा छैन । उनलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले सन्दीप विमानस्थलमा आइपुग्नेबित्तिकै पक्राउ पर्ने बताए ।
ज्ञवालीका अनुसार सन्दीप कहिले आउने भन्नेबारे सूचना आइसकेको छैन । सन्दीपले भने आफु निर्दोष रहेकाले कानुनी लडाई लड्ने बताएका थिए ।जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुईजनाबीच चिनजान गराइदिएकी थिइन् ।
काठमाडौंको ‘होटल काठमाडौं इन’मा राति सन्दीपले ती किशोरीलाई पटक–पटक बला’त्कार गरेको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार सो होटलको सीसीटीभी फुटेजमा पनि सन्दीप र पीडित किशोरी सँगै देखिएका छन् ।होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।
तर, नगरकोटमा बसेको होटलको सीसीटीभी फुटेज भने फेला पर्न सकेको छैन । प्राविधिक समस्याका कारण फुटेज ‘स्टोर’ नरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।प्रहरीले काठमाडौं र नगरकोट दुवै होटलका कर्मचारीसँग सोधपुछ गरिरहेको छ । सन्दीपविरुद्धका प्रमाण संकलन गर्न प्रहरी सक्रिय रहेको परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले बताए ।