नेपाल कतारसँग पनि पराजित,एसियन कप छनोट हुने सम्भावना कठिन

काठमाडौं।

बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।सोमबार राति भएको खेलमा कतारसँग ३-१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो।खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई २-० को अग्रता दिलाए ।दोस्रो हाफमा नेपालले एक गोल फर्काउदा थप एक गोल व्यहोरेको थियो ।खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरेपनि कतार ३-१ ले विजयी भयो ।यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कतारले पहिलो खेलमा ३ अंक जोडेको छ ।

लगातार दुई खेल व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ ।यस अघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोलले पराजित भएको थियो ।

यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन्।अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ ।समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

यता साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालको पुरुष र महिला टिमले श्रीलंका लाई हिजो पराजित गरेको छ।नेपाल साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।

यता नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई समान ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालसँग खेल्नु अघि बंगलादेशको सानदार जित

Mon Sep 12 , 2022
काठमाडौं। एएफसी यु–२० एसियन कप छनौटतर्फ सोमबार नेपाल कै समूहमा रहेको बंगलादेशले भुटानलाई २–१ले हराएको छ । छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको बंगलादेशले आफ्नो पहिलो खेलमा आयोजक बहराईनलाई गोलरहित बराबरीमा रोकेको थियो । उता भुटानले भने आफ्नो पहिलो खेलमा नेपालमाथि २–० को सनसनीपूर्ण जित निकालेको थियो ।यता हिजो […]

You May Like

error: