बंगलादेशलाई हराउँदै भारत फाइनलमा,नेपालले फाइनलमा भारतसँग खेल्ने

काठमाडौं।

भारतले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा सोमबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतलाई जित दिलाउन थाङ्लालसउन गान्ङ्टेले दुई गोल गरे ।बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए ।अब भारतले फाइनलमा नेपाल र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

पुरुष टिमले पनि गर्यो श्रीलंकाबिरुद्द गोलको वर्षा

श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार घरेलु टोलीको सामना गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ।

नेपालले श्रीलंकाबिरुद्द पहिलो २२औ मिनेटमै अग्रता लिएको छ । पहिलो २२औ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता लियो। भने दोस्रो गोल त्यसको १ मिनेट नहुदै २३औ मिनेटमा गर्न सफल भयो । त्यस्तै खेलको ३०औ मिनेटमा नेपालले तेस्रो गोल गर्यो। नेपाल श्रीलंका बिरुद्द अहिले ३-० ले अगाडी छ ।नेपाललाई ४–० को अग्रता दिलाउने क्रममा निरज कार्कीले गोल गरे । उनले ३८ औं मिनेटमा श्रीलंकन गोलरक्षकलाई चकित पार्दै गोल गर्न सफल भए ।

नेपाल श्रीलंकालाई हराउँदै फाइनल पुग्न चाहन्छ । श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ ।यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले २ खेलमा ६ अंक जोडेको थियो।नेपालले पहिलो खेलमा भुटानलाई २-१ ले हराएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।

श्रीलंकाले भने समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । उसले बंगलादेशसँग ५–१ को हार बेहोरेको थियो।भने  माल्दिभ्सलाई १–० ले हराएको थियो । नेपाललाई आज बराबरी भए पनि पुग छ।नेपालले आज श्रीलंकालाई पराजित गर्दै फाइनल प्रवेश गर्ने सोचमा हुने छ।

यदि नेपालले आज श्रीलंकालाई पराजित गरे ठूलो इतिहास रच्न दाउमा छन्।नेपाली पहिलो पटक आयोजना भएको साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गर्ने छ।प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

श्रीलंका विरूद्ध पुरुषको पनि कीर्तिमानी जित,फाइनलमा भारतसँग खेल्ने

Mon Sep 12 , 2022
काठमाडौं। नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ । कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले […]

You May Like

error: