नेपाल आउन भनेर हिंडेका सन्दीप फरारको आशंका,क्यानले दियो यस्तो प्रतिक्रिया

काठमाडौं।

बला’त्कार आरोप लागेपछि निलम्बनमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने फरारको आशंका गरिएको छ । क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी दुई दिनअघि त्यहाँबाट हिंडेका थिए । तर, अझैसम्म नेपाल आइपुगेका छैनन् ।लामिछानेले आफू लिग बीचैमा छाडेर केही दिनमै नेपाल फर्किन लागेको जनाकारी सामाजिक सञ्जालमार्फत गराएका थिए ।

लामिछानेले नेपालको कानुन मान्ने भन्दै आरोपको सामना गर्न तयार हरेको बताएका थिए । क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी दुई दिनअघि त्यहाँबाट हिंडेका थिए ।

तर, जमैकाबाट हिंडेको दुई दिनसम्म नेपाल नआउनुले उनी अन्यत्रै भागेको आशंका गरिएको छ ।लामिछानेले नेपाल आउन कुनै पनि विमान कम्पनीको टिकट नलिएको विमानस्थल अध्यागमन सुरक्षा कार्यालयले जनाएको छ । तर, उनलाई अध्यागमनले कालो सूचीमा राखेको छ ।

प्रहरीले इन्टरपोलमार्फत लामिछानेले दुई दिनअघि नै जमैका छाडेको जानकारी पाइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि लामिछाने दुई दिनअघि नेपालका लागि हिंडेको जानएको छ । तर, उनी नेपाल नआई कता गए भन्ने जानकारी क्यान पदाधिकारीलाई छैन ।

नेपाल आएलगत्तै फक्राउ गर्न उनलाई कालो सूचीमा राखिएको अध्यागमन सुरक्षा अधिकारीहरु बताउँछन् । ती अधिकारीका अनुसार सुरक्षा निकायलाई अलर्ट राखिएको छ । प्रहरीले इन्टरपोलमार्फत लामिछानेले दुई दिनअघि नै जमैका छाडेको जानकारी पाइसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि लामिछाने दुई दिनअघि नेपालका लागि हिंडेको जानएको छ । तर, उनी नेपाल नआई कता गए भन्ने जानकारी क्यान पदाधिकारीलाई छैन ।लामिछानेमाथि १७ वर्षीया कि’शोरीलाई जर्ब’स्ती कर’णी गरेको आरोप छ ।

उनीविरुद्ध गत मंगलबार पाी’डितका तर्फबाट गौशाला प्रहरीमा जाहेरी दर्ता भएको थियो । लामिछानेविरुद्ध जिल्ला अदालत काठमाण्डुले पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ ।

प्रमाणका रुपमा प्रहरीले उनी कि’शोरीसहित बसेको नगरकोट र काठमाण्डुको होटलका सिसिटिभी दृष्य संकलन गरिसकेको छ । लामिछानेलाई क्यानले बिहीबार निलम्बन गरेको थियो ।

सम्बाददाता

3 thoughts on “नेपाल आउन भनेर हिंडेका सन्दीप फरारको आशंका,क्यानले दियो यस्तो प्रतिक्रिया

  1. सन्दिप लामिछाने फरार भएका हुन् भने यो खेल क्षेत्र र समग्र खेलाडीहरू तथा राष्ट्रकै लागी दुर्भाग्यपूर्ण स्थिति हो। तर नेपालको कानुन ले महिलालाई चाहिने भन्दा बढी प्राथमिकता दिएको छ। यहाँ १८ वर्ष ननाघेका महिलालाई छोए मात्र या भनौ संगै समय बिताउदै मा पिडित भनिने महिलाले उजुरी दिए मात्र जेल सजाय हुने यस्तो दुर्भाग्यपूर्ण कानुनले गर्दा त कतै सन्दिप लाई हृदयमै चोट लागेर नेपालमा सामाना गर्न‌ कठिन हुने भएका हुनाले फरार भएका त हैनन् कतै। कानुनले दुबै पक्ष यानी पिडित र पिडक को उचित बयान लिनु पर्दछ। संसार प्रविधि ले युक्त भएको समयमा नेपाल प्रहरी ले सामाजिक संजालको प्रयोग गरेर भए पनि या नेपाल क्रिकेट संघ को सहयोग मा क्यारेबियन प्रिमियर लिगका पदाधिकारीहरू मार्फत सन्दिप को सुरूवाती बयान लिदा हुँदैन्थ्यो? नगरकोटमा एउटै थालमा खाना खाने अनि काठमाडौं मा ढिला भएको जानकारी त्यो पनि सन्दिप जमैका गए पश्चात उजुरी पर्ने यो घट्ना नेपाली खेल क्षेत्र मै दुर्भाग्यपूर्ण घट्ना हो। बलत्त्कार त भएको हो या हैन त्यो त सन्दिप र उनै महिला लाई थाहा होला। तर जे भयो त्यो चाहि नराम्रो नै भयो। हो कानुन भन्दा कोही पनि माथि हुन्नन। तर पनि सन्दिप नेपालको मात्र नभई विश्व क्रिकेट कै एक नक्षत्र थिए। उनको खेल जिवनमै तुसारापात सावित यस घटनाले गर्दा सन्दिप र नेपालका लाखौ समर्थकहरूमा कहिल्यै नमेटिने चोट लागेको छ। सन्दिपले गल्ति गरेकै हुन भने उनलाई कम भन्दा कम सजाय होस् भनि म कामना गर्दै पिडित महिलालाई म माफी दिन आग्रह गर्दछु। जसरी समिक्षा अधिकारीले पल शाह बिरूद्ध को उजुरी मा ६ महिना पछि बयान‌ फेर्दै बलत्कार भएको थिएन भन्दा यौन दुव्र्यवहार गरेको आरोपमा अदालतद्वारा अढाई वर्ष जेल सजाय सुनाइएको सन्दर्भमा पल शाहको ‌उमेर र उनको डाईनामिजमको कारण उनी बाउन्स ब्याक गर्न सक्छन्। बलिउड अभिनेता संजय दत्त पनि विभिन्न समयमा ८ वर्ष जेल सजाय काटेर फर्किदा समेत बलिउडमा एक पछि अर्को ब्लकबस्टर हिट फिल्महरू खेलिरहेका छन् भने सन्दिप त पल र सन्जय भन्दा पनि कलिला छन्। उनलाई पनि बलत्कार हैन कि यौन दुव्र्यवहार को मुद्धा चलाईयोस र सजाय कम गरियोस्। म पिडित महिलालाई बिनम्र अनुरोध गर्दछु र यस विषयमा नेपालकै गहना सन्दिप को लागि सरकारले पनि उनको सजाय कम गर्न पिडित महिला र उनको परिवार संग परामर्श गर्न अनुरोध गर्दछु। अन्तमा यस विषयलाई कसैले पनि राजनीति नगर्नु हुन अनुरोध गर्दछु।

  2. Sandip Lamichhane Nepal ko Matra navai cricket khel Kai ek honhar kheladi vayeko hunale yes bisayema gambir vayera sochane Bela vayeko xa, yedi Sandip bilayo vane Nepal ko ek nachhetra Tara bilaune xa😔😔

Leave a Reply

Next Post

श्रीलंका विरूद्ध नेपालले १० मिनेटमा नै गर्यो गोलको वर्षा

Mon Sep 12 , 2022
काठमाडौं । रश्मी घिसिङ,सरु लिम्बू र अमृता जैसीको गोलमा नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ३–० गोलको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएरको खेलको १० औं मिनेटमा रश्मीले गोल गर्दै नेपाले अग्रता लिएको थियो । उनले हिराकुमारी भुजेलको पासमा गोल गरेकी हुन् । त्यसको […]

You May Like

error: